तड्पीएर बसेको छु, बुझिदिने को आउला र
दु:ख दिनेहरु आए, खुशीदिने को आउला र
बल्झिएर अतितहरु, छाती चारकाएर रुदा
बलिन्धारा आसु झर्दा, पुछिदिने को आउला र
दुखै मात्र भोगेको छु, सुख तक्दिर मा नै छैन
खाली खाली यो दिल भित्र,लुकिदिने
को आउला र
सधै आसु बगाएर, पिर बेथा बोकी हिंड्ने
मेरो मन्को पिडा संगै,फुलिदिने को आउला र
लुटिएको मन्छे सँग, के नै बाकी रहेको छ
जोगी सँग जिवन साथी,जुटिदिने को आउला र