फेसबुकको नयाँ वर्ष उपहारः केहि मिनेटमा गायब हुनेछ तपाईंको पोष्ट


Mark Zukerbergनयाँ वर्षको सुरुवात सँगै फेसबुकले पनि आफ्नो सेटिङमा केहि फेरबदल गर्नसक्ने अनुमान गरिएको छ । यदि फेसुबकले गर्ने भनिएको सेटिङ परिवर्तन गरेमा तपाईंले आफ्ना साथीहरुसँग जिस्केर रमाइलो पनि गर्न सक्नुहुनेछ । केहि पनि पोष्ट गरेर तपाईंले आफ्नो साथीहरुसँग पोष्ट डिलिट गरेर साथीहरुसँग रमाइलो गर्न सक्नुहुनेछ ।
फेसबुकको यो नयाँ अप्सन स्न्यापच्याट जस्तो हुनेछ । जसरी फोटो पठाएपछि १५ सेकेन्डभित्र त्यो आफ्सेआफ डिलिट हुन्छ त्यसरी नै फेसबुकमा पनि पोष्ट गरेको केहि क्षण पछि त्यो आफै डिलिट हुने बताइएको छ । यसले तपाईंको फेसबुक डाटामा तपाईंले गर्नुभएको पोष्ट देखापर्ने छैन ।
face bookयाहु डट कमका अनुसार फेसबुकले अहिले यो अप्सनलाई प्ररिक्षण कालमा राखेको छ । यदि परिक्षण सफल भएमा, यो चाँडै नै फेसबुक प्रयोगकर्ताहरुलाई उपहार स्वरुप दिइने बताइएको छ । योभन्दा पहिले फेसबुकले ‘इयर इन रिभ्यु’ फिचर लञ्च गरेको थियो, जसले तपाईंको पछिल्लो वर्षको यादहरुलाई एउटैमा कम्पाइल गर्ने गरेको छ ।
- See more at: http://www.ratopati.com/2015/01/02/195315.html#sthash.tkvJRvli.dpuf