के तपाईंको बच्चाहरु इन्टरनेटमा अश्लिल सामग्री हेर्दैछन् ? यो एपले खोल्नेछ राज


net surfing intro15-01-2015-11-46-99Tआजकालका युवापुस्ता घण्टौंसम्म इन्टरनेट सर्फिङ गरिरहन्छन् । मोबाइलले त झन् यसलाई निकै सजिलो बनाएको छ । घण्टौँ नेटमा बिताउने बच्चाहरु आखिर के हेर्ने गर्दछन्, त्यसको बारेमा अभिभावकलाई केहि जानकारी नै हुन्न । आजको डिजीटल वल्र्ड पूरै इन्टरनेटको वरिपरि घुम्ने गर्दछ । यसमा इन्टरनेट एडिक्सन, साइबर बुलिङ, साइबर स्टोकिङ, गेम एडिक्सन, एडल्ट र हिंसात्मक कन्टेन्ट मुख्य छन् । यस्तो अवस्थामा अभिभावकलाई आफ्नो बच्चाको चिन्ताले सताउन थाल्दछ । यहि चिन्ताबाट पार लगाउनका लागि एउटा यस्तो एपको निर्माण गरिएको छ जसले इन्टरनेटको गतिविधिमाथि सजिलै नजर राख्न सकिन्छ ।
यो एपको नाम ‘इकवच’ हो । यो एउटा एडभान्स डिजिटल प्यारेन्टिङ एप हो जसले तपाईंको बच्चाको अनलाइन सुरक्षालाई ध्यानमा राख्ने गर्दछ । यसको मद्दतले अभिभावक आफ्नो बच्चाको मोबाइल र ट्याबलेटमा इन्टरनेटमा सर्फ गरेको समय, सेफ सर्च र उमेरको हिसाबले कन्टेन्टलाई फिल्टर गर्न सक्षम हुनेछन् ।
ekavach115-01-2015-11-46-99Tयसका फाइदाः
१. यो एपको मद्दतले तपाईं आफ्नो बच्चाको इन्टरनेट एक्सेसको टाइम लिमिटेड गर्नसक्नुहुन्छ ।
२. बच्चाहरुलाई नेटमा एडल्ट वा हिंसात्मक सामग्री हेर्नबाट रोक लगाउनका लागि उनीहरुको उमेर अनुसार सामग्रीहरुलाई फिल्टर गर्न सक्नुहुन्छ ।
३. बच्चाहरुलाई इन्टरनेट एक्सेसको रियल टाइमको अलर्ट दिने गर्दछ ।
४. यदि इन्टरनेट कनेक्सन नभएको खण्डमा एसएमएसमार्फत नोटिफिकेसन प्राप्त गर्न सक्नुहुन्छ ।
५. तपाईंको बच्चाले जुन साइट्सहरु खोलेका छन् र जो एप्स डाउनलोड गरेका छन् त्यसको पनि पत्ता लगाउन सक्नुहुन्छ ।
- See more at: http://www.ratopati.com/2015/01/15/199766.html#sthash.WYrK8uYy.dpuf