कम्प्युटर र सर्वरका कार्यक्रमलाई प्रभावित पार्ने नयाँ भाइरस फेला परेको छ । सर्रे विश्वविद्यालयका सुरक्षा सम्बन्धी प्रोफेसर एल बुडवार्ड सहितका शोधकर्ताले गरेको अनुसन्धानले करोडौं कम्प्युटर, सर्वर र उपकरणहरुका कार्यक्रमलाई बिगार्ने भाइरस फेला पारेका हुन ।
यसलाई उनीहरुले शेलशक भनेका छन । यसले टाढाबाट पनि सिस्टमलाइ पुर्ण रुपमा नियन्त्रण गर्न सक्ने बताइएको छ । यसले विश्वभरका ५० करोड उपकरण प्रभावित हुने बताइएको छ ।
यो भाइरस गएको अप्रिल महिनामा पत्ता लागेको हर्टब्लीड भन्दा पनि धेरै खतरनाक भएको विशेषज्ञहरुले बताएका छन ।