गुगलका वैज्ञानिकले तस्विरबारे बोल्ने प्रविधि बनाए

 इन्टरनेट सर्च इन्जिन गुगलका वैज्ञानिकहरुले कृत्रिम बौद्धिकतासहितको सफट्वेरको विकास गरेका छन् । यो नयाँ प्रविधिले तस्विरको बारेमा वर्णन गर्ने बिबिसीमा उल्लेख गरिएको छ ।
यो प्रविधिको प्रयोग गरेपछि तस्विरका बारेमा स्वयम फोटोग्राफरले भन्दापनि विस्तृतरुपमा जानकारी दिने वैज्ञानिकहरुले बताएका छन् । यस्तै यो प्रविधिले इन्टरनेटमा तस्विर खोज्न पनि थप सजिलो हुने वैज्ञानिकहरुको दाबी छ । परिक्षणमा चुलोमा पाकिरहेका दुई वटा पिजाको तस्विरबारे सफट्वेरले वर्णन गरेको थियो ।
विशेष गरि दृष्टिबिहिनहरुलाई तस्विरबारे बुझ्न यो प्रविधि सहयोगी बन्ने आपेक्षा गरिएको गुगलले जनाएको छ । यो सफट्वेरमा दुई भिन्दाभिन्दै प्रविधिको प्रयोग गरिएको छ । एउटाले तस्विर खोज्न सहयोग गर्नेछ भने अर्कोले तस्विरका बारेमा बताउने काम गर्छ