प्रकाशित मिति: 10:57:46 am, February 03, 2015
यो भाइरसको पकडमा पछिल्लो दिनमा एक लाखभन्दा बढि फेसबुक प्रयोगकर्ताहरु आइसकेका छन् । फेसबुक न्यूजमा साथीहरुलाई ट्याग गरेर पोर्न भिडियो पोष्ट गर्ने यो भाइरस फेसबुक पेजमा पोर्न लिंकको रुपमा देखा पर्नेछ जसमा उत्तेजक फोटो भिडियोको रुपमा देखा पर्दछ । प्रयोगकर्ताहरुले यस्तो लिंकमा क्लिक गर्ने बित्तिकै त्यहाँ नयाँ ट्याब खोलिनेछ जसमा युट्युब जस्ता पोर्न भिडियोले भरिएको वेभसाइट खोल्ने गर्दछ ।
निकै धेरै पोर्न भिडियोसँगै ओपन हुने यो वेभसाइटमा केहि सेकेन्डको लागि पोर्न भिडियो चल्ने गर्दछ तर केहि समयपछि यो रोकिन्छ । त्यसपछि प्रयोगकर्तालाई फ्ल्यास अपडेट गर्नको लागि आदेश दिइन्छ ।
प्रयोगकर्ताहरुले भिडियो हेर्नका निमित्त अपडेट बटनमा क्लिक गरेलगत्तै यो ट्रोजन मालवेयर कम्प्युटरको किबोर्ड र माउसलाई ह्याक गरेर त्यसलाई हाइज्याक गर्ने गर्दछ । त्यसपछि प्रयोगकर्ता केहि पनि गर्न सक्दैनन र यो भाइरस प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा पोर्न लिंक २० जना साथीहरुलाई ट्याग गर्दै पोष्ट हुने गर्दछ ।