ट्वीटरमा नयाँ भिडियो फिचर र डाइरेक्ट ग्रुप मेसेजिङ उपलब्ध हुने -


(एजेन्सी) आफ्ना प्रयोगकर्ताहरुलाई आकर्षित गर्नका लागि ट्वीटरले नयाँ भिडियो फिचर थप्ने भएको छ । यसले हाल प्रयोग भइरहेको भाइनलाई विस्तापित नगर्ने बरु यसलाई थप सहयोग गर्ने कम्पनीले बताएको छ ।
twitter share
भाइन एउटा मोबाइल एप हो जसले ६ सेकेण्ड लामो भिडियो तयार गर्न मद्दत गर्छ । यो यति चर्चित बन्यो कि यसलाई ट्वीटरले किन्यो भने इन्सटाग्रामले तुरुन्तै यस्तै एप तयार गर्यो ।
ट्वीटरको नयाँ फिचरले प्रयोगकर्ताहरुलाई ३० सेकेण्डसम्म लामो क्लिप अपलोड गर्न दिन्छ जुन उनीहरुको टाइमलाइनमा आफै बज्नेछ ।
यो फिचरलाई ट्वीटरको स्मार्टफोन एपमा पनि समावेश गरिनेछ । सोही एपबाट नै प्रयोगकर्ताहरुले भिडियो रेकर्ड, इडिट र सेयर गर्न सक्नेछन् । यसलाई शुरुमा आइफोनमा शुरु गरिने र पछि एन्ड्रोयडका प्रयोगकर्ताहरुलाई पनि उपलब्ध गराइने छ ।
लामो भिडियोको साथमा ट्वीटरमा ग्रुप डाइरेक्ट मेसेजिङ सेवा पनि शुरु गरिनेछ । कम्पनीका डाइरेक्टर जिनेन कामडारका अनुासर डाइरेक्ट मेसेजले आफ्नो नजिकको साथी र ब्राण्डसँग सिधै सम्पर्क गर्न मद्दत गर्ने छ ।
-