कसैलाई पनि नभन्नुहोस् फेसबुकका यी पाँच गोप्य कुरा


 
संसारको सबैभन्दा ठूलो नेटवर्किङ साइट फेसबुकको बारेमा कसलाई थाहा नहोला र ? फेसबुकलाई हामी के का लागि प्रयोग गछौँ ? कसैले भन्नुहोला, आफ्नो फोटो अपलोड गर्नका लागि, कोहीले भन्नु होला साथीहरुसँग च्याट गर्नका लागि र कसै–कसैले भन्नुहोला कुनै पनि जानकारी वालमा पोष्ट गर्नका लागि तर यी सबै कुराहरु बाहेक फेसबुकमा यस्ता थुप्रै फिचरहरु छन् जसको बारेमा शायद तपाईंलाई थाहा नहोला ।
आज हामी तपाईंलाई यस्तो पाँच प्रकारको टिप्सको बारेमा बताउँदै छौँ जसको मद्दतले तपाईं आफ्नो फेसबुकलाई निकै राम्रो तरिकाले प्रयोग गर्न सक्नुहुनेछ ।
facebook१. आफ्नो कभर फोटो र प्रोफाइल फोटोलाई मर्ज गर्नुहोस्ः
फेसबुकमा Trickedouttimeline.com  एप प्रयोग गरेर तपाईं आफ्नो कभर फोटो र प्रोफाइल फोटोलाई जोड्नसक्नुहुन्छ । यसका लागि तपाईंले मात्र   Trickedouttimeline.com  मा गएर आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ र त्यसलाई आफ्नो फेसबुकको टाइमलाइनमा राख्नुपर्ने हुन्छ । तर यी कुराहरु गर्नुभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइलमा लगइन गर्न भने नबिर्सिनुहोस् ।
facebook1२. तपाईंलाई फ्रेन्डलिष्टबाट कसले हटायो कसरी थाहा पाउने ?
हुन त फेसबुकमा आधिकारीक रुपमा यस्तो एप छैन तर थुप्रै थर्ड पार्टी एप्लिकेसनको मद्दतबाट तपाईं ती व्यक्तिहरुको बारेमा थाहा पाउन सक्नुहन्छ जसले तपाईंलाई फ्रेन्डलिष्टबाट हटाएका छन् । यसमा तपाईंलाई  who deleted me एप्लिकेसनले सहयोग गर्नसक्छ ।
facebook2३. सबै फेसबुक फ्रेन्डलाई एक क्लिकमा इन्भाइट गर्नुहोस्ः
फेसबुकमा साथीहरुलाई इन्भाईट गर्ने अप्सन दिइएको हुन्छ तर यति धेरै साथीहरुलाई एकएक गरेर इन्भाईट गर्न धेरै समय लाग्ने गर्दछ । आफ्ना सबै साथीहरुलाई एकैपटक इन्भाइट गर्न चाहनुहुन्छ भने पहिले इन्भाईट फ्रेन्ड अप्सनमा क्लिक गर्नुहोस् त्यसपछि  (Ctrl+Shift+J)  बटन थिचेर कन्सोल अप्सन सेलेक्ट गर्नुहोस् र त्यहाँ
var inputs=document.getElementsByClassName(‘uiButton_1sm’);for (var i=0; i
For Events:-
javascript:elms=document.getElementsByName(“checkableitems[]”); for(i=0;i  कोड हाल्नुहोस् र त्यसपछि तपाईंको सबै फ्रेन्डहरुलाई इन्भाईट जाने गर्दछ ।
facebook3४. आफ्नो फेसबुकबाट कसरी पठाउने एसएमएस
आफ्नो फेसबुकबाट मोबाइलमा एसएमएस पठाउनका लागि सबैभन्दा पहिले आफ्नो अकाउन्ट लगइन गर्नुहोस् र फेसबुक च्याट एप्लीकेसनमा जानुहोस् । त्यसपछि त्यहाँ तपाईंले आफ्नो कन्ट्री अप्सन सेलेक्ट गर्नुहोस् त्यसपछि अर्को लाइनमा तपाईंले जुन नम्बरमा एसएमएस पठाउन चाहनुहुन्छ त्यो नम्बर हाल्नुहोस् र त्योभन्दा तल मेसेज लेखेर पठाउनुहोस् ।
facebook4५. पूरै फेसबुक एल्बम डाउनलोड गर्नुहोस्ः
फेसबुक एल्बम डाउनलोड गर्नका लागि  Pick’n’Zip  वेभसाइटमा लगइन गर्नुहोस् र आफ्नो फेसबुक अकाउन्टलाई अट्याच गरेर फेसबुकमा राखिएका सबै फोटोहरु सेभ गर्नसक्नुहुन्छ । (एजेन्सी)