अहिलेसम्म फेसबुकको यो नयाँ साइटको नाम निश्चित भइसकेको छैन तर यसलाई ‘फेसबुक एट वर्क’ नाम दिइएको छ । आफ्नो त्रैमासिक मुनाफा ४९०० करोड रुपैयाँ भएको घोषणा गर्दै यसमा हरेक महिना १.३५ अर्ब एक्टिभ युजर्स आउने फेसबुकले जानकारी दिएको छ ।
यस्तो अवस्थामा फेसबुक एउटा यस्तो फिचरमा काम गरिरहेको छ जसको मद्दतले ‘बाई’ बटनमा क्लिक गर्ने बित्तिकै अनलाइन सपिङ गर्न सकियोस् । अहिले फेसबुकले ‘से थ्याङ्क्स’ नामक एउटा यस्तो फिचर लञ्च गरेको छ जसमा कुनै पनि प्रयोगकर्ताले एउटा नयाँ तरिकाका साथ साथीलाई धन्यवाद भन्न सक्छन् । (एजेन्सी)