बैंकिङ कारोबार सजिलो बनाउने प्रविधि ल्याईंदै

 बैंकिङ कारोबार गर्दा सर्वसाधारण सेवाग्राहीलाई सजिलो हुने भएको छ । वाईनेक्स सोलुसन नेपालले नेपाली र अंग्रेजी दुवै भाषामा बैंकिङ कारोबारको विवरण हेर्न मिल्ने प्रविधि ल्याउने तयारी गरेको छ ।
वाईनेक्सले कोलविर सफट्वेर सोलुसन बेलायतले तयार पारेको नयाँ प्रविधि नेपाली बैंकहरुलाई लक्षित गरि ल्याउन लागेको हो । यो प्रविधिले बैंकले सर्वसाधारणलाई प्रदान गर्ने सेवा दिन र उनीहरुको कारोबारको विवरण राख्न थप सजिलो हुने छ भने सेवाग्राहीले पनि यसअघि अंग्रेजीमा मात्रै आफ्नो कारोबारको विवरण पाउने गरेकोमा अब नेपालीमा पनि विवरण हेर्न पाउने वाईनेक्स सोलुसनले जनाएको छ ।
वाईनेक्सले प्रविधिबारे जानकारी दिन काठमाडौंमा क र ख वर्गका बैंकहरुको दुई दिने कार्यशाला पनि गरेको छ । कार्यशालामा सहभागी बैंकका प्रतिनिधिहरुले प्रविधि आफूहरुलका लागि उपयोगी हुने बताएको वाईनेक्सले जनाएको छ ।